कैलालीका स्थानीय जनप्रतिनिधिले रोज्न थाले एकीकृत समाजवादी

कैलालीका स्थानीय तहका जनप्रतिनिधिले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न सुरु गरेका छन् । 

नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान चाहने स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न थालेका हुन् । 

बुधबार कैलालीको मोहन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पूजा बुढामगर, कार्यपालिका सदस्य विशाल पहराई र वडा सदस्य चन्द्रकला कामीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । समाजवादी पार्टी रोजेका तीनै जनाले  निर्वाचन कार्यालयमा गएर सनाखत गराएका छन् । 

मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको विरामीका कारण मृत्युभएपछि बुढामगर कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्दै आएकी छन् । 

मंगलबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका १० जना सदस्यले एमाले छाडेर एकीकृत समाजवादी रोजेका थिए । अन्य तीन जना प्रदेश सांसदले आज सनाखत गर्ने भनिएकोमा भोलि स्थानीय तहका जनप्रतिनिधिसँगै सनाखत गर्ने तयारी गरेको जनाएको छ । 

नेकपा एकीकृत (समाजवादी) पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरुलाई सनाखतको लागि भदौ २२ गतेसम्मको समयसीमा तोकिएको छ ।
 





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १७:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया