अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले छाडेपछि खाली भएको १० नम्बर जर्सी स्पेनिस क्लब बार्सिलोनाले युवा विंगर अन्सु फातीलाई दिने भएको छ ।
बार्सिलोनाले सामजिक सञ्जालमार्फत १० नम्बरको जर्सी फातीले लगाउने जानकारी गराएको हो ।
बार्सिलोनाकै एकेडेमी ला मासियाका उत्पादन फातीले सन् २०१९ मा सिनियर टोलीमा डेब्यु गरेका थिए । क्लबका लागि निकै प्रभावशाली प्रदर्शन गरेका उनी घुँडाको चोटका कारण ८ महिना मैदान बाहिर छन् ।
बार्सिलोनाले उनी चाँडै नै मैदान फर्किने अपेक्षा राखेको छ । क्लबले उनलाई मेस्सीको उत्तराधिकारीको रुपमा हेरेको छ ।
जर्सी नम्बर ११ प्रयोग गर्दै आएका फ्रेन्च फरवार्ड ओस्माने डेम्बेलले ७ नम्बरको जर्सी प्रयोग गर्ने भएका छन् भने अस्ट्रियन विंगर युसुफ दिमिरले ११ नम्बरको जर्सी लगाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।