प्रदेश २ का कृषिमन्त्री यादवद्वारा पदभार ग्रहण

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले आज पदभार ग्रहण गरेका छन् । 

आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन भएका मन्त्री यादवले आज मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्री यादवलाई मन्त्रालयका सचिव र कर्मचारीहरुले स्वागत गरेका थिए । 

भदौ १३ गतेका दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र शैलेन्द्र साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए । 
 





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १७:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया