\
भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले आफू नेपाल आउँदा मामाघर आएको जस्तो लागेको बताएका छन् । यसअघि त्रिभुवन विमानस्थलमा आउँदा पनि उनले आफू आमाको माइती वा हजुरआमाको घर आएको भन्दै नेपालप्रति आफ्नो आत्मीयता दर्शाएका थिए ।
बिहीबार र आइतबार नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिमको नेतृत्व गरेर सुनील नेपाल आएका हुन् ।
बुधबार काठमाडौंमा आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा पनि सुनीलले फेरि नेपालसँगको आफ्नो भावानात्मक सम्बन्धबारे सम्झिए ।
उनले बुधबार चाहिँ नेपालीमा नै सक्दो जवाफ दिने प्रयास गरे । अनि काठमाडौं आउँदा मामाघर आएको जस्तो आफूलाई लागेको बताए ।
सुनीलले आफूले पूरै नेपाली बुझ्ने मात्र होइन, जवाफ पनि नेपालीमा नै दिने प्रयास गरेका थिए । नेपाली पत्रकारहरुले उनलाई प्रश्न गरेका थिए– नेपालीमा सोध्दा हुन्छ ?
‘हुन्छ, मैले जति जानेको छु, त्यति नेपालीमा उत्तर दिनेछु,’ सुनीले हाँस्दै जवाफ दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।