३० भदौदेखि १२ कक्षाको परीक्षा

१२ कक्षाको परीक्षा ३० भदौबाट गर्ने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार बसेको बैठकबाट यो निर्णय गरेको हो ।

यसअघि कोरोनाभाइरसको संक्रमण बढेसँगै १२ कक्षाको परीक्षा स्थगित भएको थियो । अब ३० भदौदेखि हुने परीक्षा ८ असोजसम्म चल्ने बताइएको छ ।

३१ साउनमा हुनु पर्ने परीक्षा कोरोनाका कारण स्थगित भएको र अब ३० भदौमा परीक्षा हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका छन् ।

११ र १२ कक्षाका विद्यार्थीलाई यसअघि नै सरकारले कोरोनाभाइरसविरुद्धको खोप दिइसकेको छ ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार २०:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया