नेपालमा एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक करोडभन्दा बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक करोड ९२ हजार १६४ नेपालीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खोप लगाएकामध्ये ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रा (दुई डोज) र ५४ लाख २४ हजार ८३६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । अहिलेसम्म खोप लगाउन योग्य जनसंख्यामध्ये १५.४ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । त्यस्तै, १७.९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । 

सरकारले कुल जनसंख्याको ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये अहिलेसम्म एक करोड ९२ हजार १६४ जनाले खोप लगाएका हुन् । लक्षित जनसंख्याको ४६.४ प्रतिशतमा खोपको पहुँच पुगेको हो । 

अहिलेसम्म एक करोड ३३ लाख भन्दा बढी खोप नेपालले प्राप्त गरिसकेको छ । थप खोप आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन र अस्टाजेनिका गरेर चार प्रकारका खोप प्रयोगमा आएको छ । किशोर–किशोरीका लागि मोडेर्ना र फाइजर खोप आउने क्रममा रहेको सरकारले जनाएको छ ।

नेपालले अहिलेसम्म ५० लाख डोज खोप किनेको हो । अरु खोप अनुदानमा आएको हो । नेपालले किनेको मध्ये चीनबाट ४० लाख डोज भेरोसेल र भारतबाट १० लाख डोज नेपाल आइसकेको छ ।

गत वर्षको पुषबाट सुरु भएको खोप अभियान आगामी चैतसम्म लक्षित समूहलाई लगाइसक्ने सरकारको लक्ष्य छ ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार २१:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया