पर्साको स्थानीय तहका प्रतिनिधिले धमाधम सुरु गरे सनाखत, लोसपामा लाग्ने बढी देखिए

पर्साको पकाहमैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुसुमी देवीले लोकतन्त्र समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेकी छिन् ।

प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य प्रह्लाद गिरीको नेतृत्वमा देवीसहित अन्य जनप्रतिनीधिहरुले पनि लोसपामा सनाखत गरेका छन् । तर प्रदेश सभा सदस्य प्रह्लाद गिरीको सनाखत भएको छैन । स्रोतअनुसार गिरीको भोलि बिहीबार जनकपुरमा लोसपामा लागेको भन्दै सनाखत गर्नेछन् ।

जनता समाजवादी पार्टीमा यसअघि उपेन्द्र यादवको पक्षमा देखिएकी कुसुमी देवीले पनि लोसपा छानेकी छिन् ।

पर्साको पकाहमैनपुर गाउँपालिकाकी उपाध्यक्षसमेत रहेकी देवी मधेश आन्दोलनका शहिद शत्रुधन पटेलकी आमा हुन् । जगरनाथपुर गाउँपालिका वडा ६ का वडा अध्यक्ष रामयोध्य प्रसाद कुर्मी र पोखरिया नगरपालिकाका वडा अध्यक्ष बन्का राउत कुर्मीले पनि लोसपामा सनाखत गरेका छन्  । 

यसैगरी बाराका दुई गाउँपालिकाका प्रमुख र उपप्रमुखले महन्थ ठाकुर अध्यक्ष रहेको लोसपा रोजेका छन् । बाराको परवानीपुर र प्रसौनी गाउँपालिकाका प्रमुख र उपप्रमुखले मंगलबार लोसपाको पक्षमा सनाखत गरेका हुन् । लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर लोसपाको पक्षमा आफूहरु लागेको प्रमाणित गरेका हुन् ।

आफूसहित उपप्रमुख र गाउँपालिकाका दुई जना वडाध्यक्षहरुले लोसपामा सनाखत गरेर आएको परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साहले जानकारी दिएका छन् । आफूसहित गाउँपालिकाकी उपप्रमुख सावित्री देवी, वडा नम्बर १ का वडाध्यक्ष मिश्री महतो र वडा नम्बर ३ का वडाध्यक्ष अनिल रामले पनि लोसपाको पक्षमा सनाखत गरेको उनले बताएका छन् ।



प्रसौनी गाउँपालिकाका प्रमुख भोला गुप्ता र उपप्रमुख गीता साहले पनि लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । मंगलबार नै जिल्ला निर्वाचन कार्यालयमा गएर आफूसहित उपप्रमुख साहले लोसपाको पक्षमा सनाखत गरेर आएको गुप्ताले जानकारी दिए ।



  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार २२:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया