दार्चुलाका बाढी पीडितको पीडाः दिनभर त्रासले पालमुनि

दार्चुलाका दुहु र ब्यासका बाढी पीडित कति त्रसित छन् भने उनीहरु आनन्दले आफ्नो घरमा समेत बस्न सक्दैनन् । त्रासका कारण उनीहरु घरमा जान नसकेपछि दिनभर पालमुनि बस्न बाध्य छन् । त्रास त रातिमा पनि बाँकी रहन्छ, तर डराई डराई उनीहरु राति सुत्न मात्र घर पुग्छन् ।

यसरी त्रासमा नै जीवन बिताइरहेका छन्, शेरबहादुर बम पनि । महाकाली नगरपालिका १ का ८३ वर्षका शेरबहादुरलाई १३ भदौमा निजाङखोलामा आएको बाढीले बगाएको थियो ।

ब्लड प्रेसरका बिरामी शेरबहादुर बाढीले बगाएपछि थप थलिएका छन् । यसै पनि यताउता गर्दा अरुको साहरा चाहिने शेरबहादुरलाई अहिले नातिहरुले साहरा दिइरहेका छन् । उनीहरुले नै शेरबहादुरलाई कहिले यता पुर्याउँछन्, कहिले उता । कहिले त्रिपालमुनि पुर्याउँछन्, कहिले घरमा । 

‘बिहान घरमा उपचारका लागि लैजाने पर्ने बाध्यता छ,’ उनका छोरा देवबहादुर भन्छन्, ‘अनि उहाँले घर, भैंसी र भेडाबाख्रा बगेको सबै थाहा पाएपछि झन् आत्तिनु भएको छ ।’

शेरबहादुरको परिवारजस्तै श्रीवगडका ४० परिवार अहिले कहाँ बस्ने, कहाँ सुत्ने भन्ने त्रासमा छन् ।

‘महाकाली नदी एकातिर र घरतिर नजाङगाड खोलाले जमिन काटिरहेको छ,’ स्थानीय मोहन बम भन्छन्, ‘रातभर युवाहरुले नदी उर्लिएर आउँछ कि भनेर कुर्छन् ।’ उनले घरमा भएका वृद्ध बाआमा र साना छोराछोरीलाई नदी बढेर लैजान्छ कि भनेर चिन्ताले गर्दा रातभर सुत्न सकिने अवस्था नरहेको पनि बताए ।



तर, उनीहरुले आफ्नो आवाज कसैले नसुनेको आरोप लगाएका छन् ।



  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार २२:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया