- हामीलाई कहिलेकाहीँ धेरै परिश्रम नगर्दा पनि थकाइ लाग्छ । कोही बसिराख्दा त कोही सुतेर उठ्दा पनि थकाइ लाग्यो भन्छन् ।
- खानामा प्रोेटिनको मात्रा थोरै भयो भने शरीर कमजोर हुन्छ । शरीर कमजोर हुनासाथ थकाइ लाग्छ । त्यसैले पर्याप्त प्रोटिन पाउनका लागि माछा–मासु र गेडागुडी आवश्यक पर्छ ।
- पोटासले शरीरको कोषलाई पूर्ण रूपमा काम गर्न सहयोग पु¥याउँछ । यसले मांसपेशी बलियो बनाउँछ । केरा, गाँजरलगायतबाट पर्याप्त
- पोटास पाइन्छ ।
- पर्याप्त मात्रामा सुत्न जरुरी भए पनि अत्यधिक सुत्दा शरीरमा साइड इफेक्ट हुन सक्छ । बढी सुत्ने मानिसमा डायबिटिज, मोटोपन, मुटुको रोगलगायतका समस्याले सताउने अध्ययनहरूले देखाएको छ । पर्याप्त मात्रामा पानी नखाने मानिसमा कमजोर अनुभव हुन्छ । त्यसैले पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।
- डिप्रेसनले मानिसलाई मस्तिष्कदेखि नै कमजोर बनाउने अध्ययनले देखाएको छ । चिन्ताले मुटुको चाल बढाउनुका साथै डिप्रेसनले मुड अस्थिर बनाउँछ । यस्ता रोगी शारीरिक र मानसिक रूपमा कमजोर हुन्छन् ।
-
प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।