खाेलाले कार बगाउँदा चार महिलाकाे मृत्यु

दाङमा खाेलाले कार बगाउँदा चार महिलाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा घाेराही-१३ की ४० वर्षीया रितामाया पुन, ३२ वर्षीया शुसीला श्रेष्ठ, घोराही-१४ की ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसी रहेका छन् ।

गत राति १० बजेतिर घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले प्रदेश प्र.३-०१-०२४ च ४४४० नम्बरकाे कारलाई बगाउँदा चार जनाकाे मृत्यु भएकाे र चालक नरबहादुर पुनकाे सकुशल उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। 

 कार चालक पुनकाे खुट्टा भाँच्चिएकाे छ । 

प्रहरीका अनुसार गएराति सिस्ने खाेलमा बाढी आएकाे थियाे ।

चारै जनाकाे शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार ८:२४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया