निर्मला पन्तको बलात्कारको सबुत नष्ट नगर्न प्रहरीलाई मानवअधिकार आयोगको निर्देशन

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तबाट संकलन गरिएको सबुत (भजाइनल स्वाब) नष्ट नगर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

बिहीबार आयोगले डिएनए परीक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनबारे कानुनी चिकित्सा विज्ञ र डिएनए विज्ञहरूसँग गरेको छलफलका क्रममा केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए टेस्ट शंकास्पद ठहरिएको थियो । 

आयोगका सदस्य सुदीप पाठकका अनुसार भजाइनल स्वाब संकलन सही भए पनि परीक्षणमा केही विधि नपुगेको पाइएको छ । डिएनए परीक्षणमा केही आशंका लागेकाले थप अध्ययन गर्नुपर्ने निष्कर्षमा आयोग पुगेको छ ।

मानवअधिकार आयोगले निर्मलाको शवबाट संकलित भजाइनल स्वाबको नमुना र त्यसबाट पृथकीकरण डिएनएलगायत सबुतहरू जे–जस्तो अवस्थामा छन्, त्यही रूपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

त्यसैगरी, आयोगले निर्मलाको शवबाट भजाइनल स्वाबको नमुना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाबारे जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरेको छ ।





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १५:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया