जसपाका प्रदेश सांसद प्रह्लाद गिरी लोसपामा प्रवेश

जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेशसभा सदस्य लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालीन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य प्रह्लाद गिरी लोसपामा प्रवेश गरेका हुन् ।

महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गर्ने उनी पहिलो प्रदेशसभा सदस्य हुन्।

उपेन्द्र यादवले मधेश आन्दोलन, सहिद तथा घाइते परिवारलाई धोका दिएर मधेशको मुद्दा विसर्जन गरेकाले आफूले लोसपा रोजेको नेता गिरीले बताए । 

जसपाका अझै केही सांसद लोसपामा सनाखत गर्ने उनले दावी गरे । स्रोतका अनुसार महोत्तरीबाट जसपाका एक प्रदेशसभा सदस्य लोसपामा सनाखत गर्ने सम्भावना रहेको छ ।

जसपामा पूर्व फोरमका ३० र राजपाका २५ गरी जम्मा ५५ जना प्रदेशसभा सदस्यहरू छन्।



बुधबार १० जना प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरिसकेका छन् । बाँकी सांसदहहरूले आज सनाखत गर्ने बताइएको छ ।



  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १३:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया