सत्तामा पुग्न र टिक्न बिदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले मुलुकको हित गर्दैनः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न बिदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुलुकको हित नगर्ने बताएका छन् । 

आज मकवानपुरको बकैया गाउँ पालिका–३ हात्तिसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य हुने सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न नसकिने जनाए । 

‘जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ,’ थापाले भने । 

धर्म, संस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भव नहुने भन्दै थापाले राष्ट्रियता, स्वाधीनतासँगै धर्म, संस्कृती र पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । 

लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने जनाउँदै थापाले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबल सहित स्थानीय तहको निर्वाचनको तयारी सहित अगाडि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए । कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा , बद्री कुँवर ,दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ ,अर्जुन तिमल्सिना ,भरत लामिछाने , राजाराम अर्याल, भृगु कार्की लगायतको उपस्थिति रहेको थियो ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १६:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया