माधव नेपाल पक्षमा लागेका २ जना प्रदेशसभा सदस्य ओली पक्षको बैठकमा सहभागी

नेकपा एमालेका दुई जना प्रदेशसभा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी)मा जाने भनिएपनि उनीहरु एमालेमै रहेको पुष्टी भएको छ । 

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका प्रदेश २ का प्रदेशसभा सदस्यहरु सीता गुरुङ र सुन्दर बहादुर विश्वकर्मा वीरगञ्जस्थित एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका हुन् ।  

नेकपा (एकीकृत समाजवादी)का नेता शत्रुधन महतोले खराब मौसमका कारण सनाखतका लागि दुवैजना प्रदेश निर्वाचन कार्यालय आउन नसकेको सञ्चारकर्मीलाई जानकारी गराएका थिए । 

प्रदेशसभा सदस्य डिल्ली उप्रेती क्यान्सर पीडित रहेको र अहिले उनी स्वास्थ्योपचारको क्रममा दिल्लीमा रहेको उनले बताए । उताबाट उनको निवेदन आए लगत्तै सनाखत गराइने महतोले जानकारी दिए । 

यता, प्रदेशसभा सदस्यद्वय विश्वकर्मा र गुरुङ एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी रहेको एमालेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।
प्रदेशसभा सदस्यद्वय विश्वकर्मा र गुरुङ पार्टीको विवाद सुरु भएपछि माधवकुमार नेपाल पक्षमा लागेका थिए ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १७:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया