केपी ओली सुध्रिने छाँट छैन, भ्रममा कोही नपर्नुहोस् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली सुध्रिने छाँट नदेखिएकाले भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । 

नेपालले पार्टीभित्र ल्याउने र हुर्मत लिने ओलीको योजना रहेको भन्दै अहिलेसम्म आफूले चालेको प्रतिगमनको कतै पनि स्वीकारोक्ति नरहेको उनले बताए । 

उनले भने, ‘अहिलेसम्म प्रतिगमनको कदम चालियो र गल्ती गरियो भन्ने स्वीकारोक्ति छैन । फागुन २८ गते गरेको बैठक एकलौटी गरिएको बैठक गलत ढंगले भएको थियो भन्ने आत्मआलोचना छैन । केपी ओली  सुध्रिने छाँट छैन । त्यसैले भ्रममा नपर्न म सबैलाई हार्दिक आव्हान गर्न चाहन्छु।’ 

उनले २७ गते राति १० बुँदे सहमतिमा हस्ताक्षर गर्नु २८ गतेको सर्वोच्चको फैसलालाई प्रभावित पार्ने कुनियत मात्रै भएको बताए । 

उनले १० बजे राति अधुरो र दुई नेताबीचको सहमतिको कुनै विषय नभएको सहमतिमा हस्ताक्षर गर्न हतारो गरिनुले ओलीमा त्यो कुनियत लुकेको देखिएको उनको भनाई छ ।






  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार २१:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया