गगन थापा रामचन्द्र पौडेल समूहमा !

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस नेता गगन थापा रामचन्द्र पौडेल समूहमा लागेका छन् । बिहीबार केन्द्रीय कार्यालयमा रामचन्द्र पौडेल समूहले गरेको पत्रकार सम्मेलनमा गगन थापा पनि उपस्थित भएका हुन् । 

पौडेल समूहले यो सम्मेलन आफूहरु एक रहेको भन्दै गरेको थियो । 

एक रहेको सन्देश दिन गरिएको कार्यक्रममा थापासँगै अन्य पौडेल समूहका नेताहरु पनि देखिएका थिए । थापालाई कांग्रेस नेता शेखर कोइरालाले आफ्नो पक्षमा ल्याएको कांग्रेसमा यसअघि नै गाइँगुइँ चलेको थियो ।

बिहीबार एक रहेको सन्देश दिन गरिएको पत्रकार सम्मेलनमा नै थापा उपस्थित भएपछि उनले कृष्णप्रसाद सिटौला समूहलाई छोडेको पुष्टि भएको छ । 

यसअघि १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उम्मेदवारी दिएका थापा त्यति बेला सिटौला समूहमा थिए ।

केही दिनअघि सम्म उनले सिटौला समूहका बैठकमा पनि सहभागिता जनाउँदै आएका थिए । तर, यसपटक सरकार बन्दा आफूलाई सिटौलाले मन्त्री नबनाउने देखिएपछि थापाले सिटौला समूह छोडेको धेरैले अनुमान गरेका छन् ।



कांग्रेसको १४ औं महाधिवेशन ९–१३ मंसिरमा काठमाडौंमा हुने निश्चित भएको छ । कांग्रेसको वडा अधिवेशन चाहिँ १८ भदौदेखि सुरु हुँदैछ ।

 



याे पनि पढ्नुहाेस्— 

मन्त्री बन्न गगनको ‘गनगन’

 

  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार २१:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया