भीम रावलले भने— यो सरकार जनअनुमोदित होइन, राष्ट्रघाती एमसिसी अघि बढाउने षडयन्त्र हुँदैछ

नेकपा एमालेका नेता भीम रावलले सरकार अमेरिकी सहायता एमसिसी पारित गरेर कार्यान्वयन गर्न षडयन्त्र हुन थालेको बताएका छन् ।

यसका लागि एमसिसीकी उपाध्यक्ष सोमार नेपाल आउन लागेको र अहिले नेपालमा राजनीतिक अस्थिरता भएको समय पारेर एमसिसी अगाडि बढाउन खोजिएको रावलले आरोप लगाएका हुन् ।

सामाजिक सन्जाल ट्विटरमा एक स्टाटस लेख्दै रावलले अस्थिर राजनीतिक स्थितिमा एमसिसी सम्झौताको चाँजो मिलाइएको र अहिले फेरि अस्तिर राजनीतिक वातावरणमा एमसिसी सम्झौता अघि बढाउने षडयन्त्र हुन लागेको बताएका हुन् ।

उनले यो सरकार जनअनुमोदित नभएको भन्दै यो सरकारसँग एमसिसी अगाडि बढाउने जनादेश सरकारलाई नभएको पनि बताएका छन् ।
 





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार २१:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया