कहाँ गायव थिए कमेडियन कपिल शर्मा ?

आफ्नो कमेडीले सबैको मन जितेका कमेडियन कपिल शर्मा फेरि कमेडी सो लिएर आउने भएका छन् । कुनैवेला कपिल शर्माको कार्यक्रम सबैभन्दा बढी हेरिने सोमध्ये पथ्र्यो । उनको आफ्नै उचाइ थियो । तर, तारिफसँगै कपिलको सोले धेरै समस्याको सामना पनि गर्नुपरेको थियो । 

उक्त सोमा गुत्थी र डा. गुलाटीको भूमिकामा देखिएका सुनील ग्रोबर र कपिल शर्माबीचको मनमुटाबले ठूलै चर्चा पायो । चर्चा मात्रै होइन, उक्त विवाद उक्त सोका लागि निकै घातक बन्यो । सुनील यस कार्यक्रमका लागि सबैभन्दा रुचाइएका व्यक्ति थिए । तर, कपिलको यो कार्यक्रम लामो समय चल्न पाएन । 

कमेडियन कपिलले आफू केही समयपछि पुनः टिभीमा देखिने बताएका छन् । एक अन्तर्वार्तामा उनले भने अनुसार उनी टिभीमा आउन निकै आतुर छन् । आगामी महिना अर्थात् नोभेम्बरबाट उनी ‘द कपिल शर्मा सो–२’ लिएर सोनी टिभीको पर्दामा देखिनेछन् ।

कपिलका अनुसार उनका फ्यानहरू उनलाई बारम्बार म्यासेज गरिरहन्छन् । म्यासेजमा फ्यानहरू उनको उक्त सोबारे विभिन्न जिज्ञासा राख्छन् ।

अन्तर्वार्तामा कपिलले बताएअनुसार लामो समय टिभीमा नदेखिनुको एक कारण अल्कोहल हो । कपिल भन्छन्, ‘म अल्कोहलिक हु,ँ मैले धेरै पिउन सुरु गरेको थिएँ । त्यो मेरो गल्ती थियो । तर, मानिसलाई आफूले गलत गरिरहेको थाहा छ भने उसले फेरि गल्ती गर्दैन । मानिस आफ्नो अन्तिम साससम्म पनि केही सिकिरहन्छ । म पनि सिकिरहेको छु ।’ 

कपिल थप्छन्, ‘पछिल्ला जति पनि खराब बानी थिए, ती मैले छाडिसकेँ । मलाई आफ्नो काम र परिवारप्रतिको जिम्मेवारी महसुस भएको छ ।’ 



तनुश्री र नाना पाटेकरको विवादवारे आफूलाई पूरा थाहा नभएको कपिलले बताएका छन् । उनी भन्छन्, ‘तनुश्री र नाना पाटेकर बलिउड फिल्म इन्डस्ट्रीका ठूला अनुहार हुन् । तिनीहरूको पूरा मामला मलाई थाहा छैन । यसमा थाहा नपाई केही पनि बोल्नु मेरो मूर्खता हो ।
 



  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १७:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया