मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार बिहीबार प्रदान गरेको छ ।
यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’लाई प्रदान गरिएको हो ।
‘योगमाया’ राणाकालमा समाज सुधारका लागि विद्रोह गरेकी भोजपुरकी महिला योगमायाको कथामा आधारित उपन्यास हो । उनी नेपालकै पहिलो क्रान्तिकारी महिलाका रूपमा परिचित छिन् ।
यसअघि नीलमले अर्को कृति ‘चिरहरण’का लागि गत वर्ष पद्मश्री पुरस्कार पाएकी थिइन् । नीलमका अहिलेसम्म चारवटा पुस्तक प्रकाशित छन् ।
मदन पुरस्कारका लागि ‘योगमाया’सँगै ‘लिम्बुनी गाउँ’, ‘भुँइया’, ‘हिमाली दर्शन’, ‘यार’, ‘कैरन’, ‘नथिया’ र ‘पाठशाला’ मनोनयनमा परेका थिए ।
‘योगमाया’ साङ्ग्रिला पुस्तकले प्रकाशन गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।