बिपीमा आइतबारबाट सेवा वहिष्कार गर्ने संघर्ष समितिको घोषणा

 बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे सुधारको माग राख्दै आन्दोलन गरिरहेको संघर्ष समितिले आइतबारबाट पुन: सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

संघर्ष समितिले आइतबारदेखि इमर्जेन्सी, कोभिड अस्पताल र पूर्व निर्धारित परीक्षा बाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरेको छ ।

प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै आन्दोलन गरेको ८० दिन पुग्दा पनि सरकारले आफूहरूको माग सम्बोधन नगरेकाले काम बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले जानकारी दिए ।

बिपीको वेथिती र अनियमितताबारे छानबिन गर्ने तर दोषीलाई कारबाही नगर्ने, आन्दोलनरत पक्षसँग पनि सहमति मात्र गर्ने तर कार्यान्वयन गर्न चासो नदिएकाले आन्दोलन पुन: सेवा ठप्प पार्ने आन्दोलन सुरु भएको पोखरेलले बताए ।

उनले आइतबारदेखि इमर्जेन्सी, कोभिड अस्पतालको सेवा र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा अवरुद्ध गर्ने जनाए । 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार ११:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया