नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे ।
उपाध्यक्ष रिजालले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैमा उदाहरणीय काम भएको बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले भने, ‘हाम्रो गल्ती छ भने हामीलाई सुझाव दिनुपर्यो हामीलाई भन्नुपर्याे, हामी सुध्रिन्छौँ । तर, नेगेटिभ टिप्पणी मात्रै गर्नुभन्दा अगाडि आज राज्यले नै त्यति ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याडेजसम्मको काम खोज्नु भनेको आफैमा एउटा उदाहरणीय काम हो जस्तो मलाई लाग्छ । प्रचारप्रसारमा पनि हामी लागि परिरहेका छौँ, कोरोनाको यस्तो बेलामा पनि पहिलाभन्दा अझै अग्रसर भएर काम गरिरहेका छौँ ।’
कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रूपमा काम गरिरहेको बताए ।
‘हामी नेपाल टुरिजम बोर्डसँग डाइरेक्ली नै इन्भल्व छौँ । हरेक दिनजस्तो यससम्बन्धी विभिन्न विषयवस्तुमा मिटिङ गरिरहेका छौँ । हामी ढिला होइन, ज्वाइन्ट रूपमा काम गरिरहेका छौँ’, अध्यक्ष खुमबहादुरले भने, ‘हिरोको रोल पछि हुन्छ भनेझैँ टानले आफ्ना गतिविधिमा सबै श्रमिक साथीहरूसँग सहकार्य गर्दै आएर अन्तिममा अरू साथीहरूलाई जोडेर अन्तिममा गोल हान्ने काम टानले गरेको छ ।’
अध्यक्ष सुवेदीले टानले अब ढिला नगरिकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने कुरामा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।