पाराल्याम्पिक : जित निकाल्दै पलेशा रिपेचेजको सेमिफाइनलमा

जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्द्धन रिपेचेज तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । 

के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले शुक्रबार भएको खेलमा अमेरिकी खेलाडी ब्रायना सालिनारोलाई १०-०ले पराजित गरेकी हुन् । 

अब उनले सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभसँग प्रतिस्पर्धा गर्नेछिन् । यो खेलमा जित हात पारे पलेशाले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछिन् ।

पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१-८ले पराजित भएकी पलेशाले स्वर्ण जित्ने अवसर भने गुमाइ सकेकी छन् । 

वाइल्ड कार्डमार्फत सहभागिता जनाउने अवसर पाएकी पलेशा टोकियो पाराल्याम्पिक खेल्ने एक्लो नेपाली खेलाडी हुन ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १५:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया