दक्षिण अफ्रिकाका कप्तान बाभुमाले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज गुमाउने
फरकधार / १८ भदौ, २०७८

दक्षिण अफ्रिकाका नियमित कप्तान तेम्बा बाभुमाले घरेलु टोली श्रीलंकाविरुद्धको एकदिवसीय सिरज अन्तर्गतका बाँकी दुई खेल गुमाउने भएका छन् । 

सिरिज अन्तर्गत बिहीबार भएको पहिलो खेल खेल्ने क्रममा औलामा चोट लागेपछि उनले सिरिज गुमाउने भएका हुन् ।

बाभुमाको स्थानमा केशव महाराजले एकदिवसीय टोलीको कप्तानी गर्ने दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ । 



दक्षिण अफ्रिका ३ खेलको सिरिजको पहिलो खेलमा १४ रनले पराजित हुँदै १–० ले पछाडि छ । दोस्रो खेल सेप्टेम्बर ४ मा हुनेछ ।  




 

  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १६:३६:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया