मुल्ला गनी बरादरले तालिबान सरकारको नेतृत्व गर्ने, शनिबार घोषणा

अफगानिस्तानमा तालिबानले शनिबार नयाँ सरकार गठनको घोषणा गर्ने भएको छ ।

तालिबान सरकारको नेतृत्व मुल्ला अब्दुल गनी बरादरले गर्ने निश्चित भएको बताइएको छ ।

यद्यपि यसको घोषणा शनिबार हुनेछ। शुक्रबार नै नयाँ सरकार घोषणा गर्ने बताइए पनि अब एक दिन पछि सारिएको हो ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यो जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ ।

नयाँ राष्ट्रपति बन्न लागेका बरादर तालिबानका प्रमुख नेता हैबतुल्लाह अखुन्दजादापछि दोस्रो ठूलो नेता हुन् ।  
 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार २१:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया