भारतमा पछिल्लो २४ घन्टामा थप ४२ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २९ लाख ४५ हजार ९०७ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ३३० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४० हजार २२५ पुगेको छ ।
यही अवधिमा ३६ हजार ३८५ जना संक्रमणमुक्त भएका छन् । भारतमा ४ लाख ५ हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन्।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६७ करोड ७२ लाख ११ हजार २०५ डोज भ्याक्सिन लगाइसकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।