मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र नेपाल छलफलमा व्यस्त

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच अहिले छलफल भइरहेकाे छ । 

मन्त्रिमण्डललाई पूर्णता दिने हेतुले तीन जनाबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटरमा छलफल भइरहेकाे हाे । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने काठमाडौं उपत्यकाबाहिर भएकाले छलफलमा उपस्थित हुन सकेका छैनन् । 

हिजो शुक्रबार पनि देउवा, प्रचण्ड र नेपालबीच छलफल भएको थियो। पछिल्लाे समयमा शीर्ष नेताहरूबीच छलफल भइरहे पनि निष्कर्षमा भने पुग्न सकेका छैनन्। 

गत असार २९ गते प्रधानमन्त्री भएका शेरबहादुरले मन्त्रिमण्डललाई पूर्णता दिन नसक्दा उनकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । 


 





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ११:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया