किरणको फुटबल यात्रा : दुखद डेब्युदेखि कीर्तिमानसम्म
फरकधार / १९ भदौ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

भारतविरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेलका लागि दशंरथ रंगशालाको मैदान उत्रिँदा नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले एक खास कीर्तिमान आफ्नो नाममा गराउने छन्।



भारतविरुद्धको यो खेल उनले देशका लागि खेलको ७४औँ खेल हुनेछ । योसँगै किरण नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुने छन् ।



भारत विरुद्धको यो खेल किरणका लागि मात्र नभएर नेपाली फुटबलका लागि नै ऐतिहासिक हुनेछ । 



कीर्तिमानसम्म यात्रा तय गर्न लागेका किरणका लागि डेब्यु खेल भने सुखद रहन सकेन।



सन् २००८ मा नेपालले कम्बोडियामा आयोजना भएको एएफसी च्यालेन्ज कप छनोट खेलेको थियो । छनोटको समूह ‘डी’मा नेपाल, आयोजक कम्बोडिया र मकाओ थिए । सोही वर्षको मे २४ किरण चेम्जोङका लागि सबैभन्दा खुसी र दुःखको दिन थियो । किनकि मकाओ विरुद्धको खेलबाट यही दिन उनले नेपालका लागि अन्र्तराष्ट्रिय डेब्यु गरेका थिए । तर, त्यो सुखद भने हुन सकेन । 

खासमा डेब्यु खेलमै किरणले नराम्रो चोटको सामना गर्नु पर्‍याे । खेल सुरु भएको २३ मिनेट मात्र भएको थियो, हल्का उचाइ लिएको बललाई नियन्त्रण गर्ने क्रममा उनी विपक्षी खेलाडीसँग ठोकिन पुगे र उनको बंगारामा गम्भीर चोट लाग्यो ।



करिब पाँच मिनेट मैदानमै प्राथमिक उपचार गरे पनि खेल्न सक्ने स्थिति  नरहेपछि उनले मैदान छाडे । उनको स्थान रितेश थापाले लिए ।

काठमाडौं आएपछि उनले काठमाडौँको निजी डेन्टल क्लिनिकमा उनले उपचार गराए । बंगाराको यो चोटले किरणलाई नराम्रोसँग दुःख दियो । उनलाई खान र बोल्न निकै गाह्रो भयो ।



मकाओ विरुद्ध चोट बोक्दा उनलाई अब म कहिल्यै मैदान फर्कने छैन भन्ने लागेको थियो । त्यसको करिब ३ वर्षपछि सन् २०११ मार्च १७ मा उनी भुटान विरुद्धको खेलबाट मैदान फर्किए । 

पहिलो खेलमै बोकेको चोटका कारण लगभग करिअर नै अन्त्य हुने अवस्थामा पुगेका किरणले त्यसबाट माथि उठ्दै कीर्तिमानसम्म यात्रा तय गरेका छन्  ।

किरणले नेपालका लागि डेब्यु गरेको १३ वर्ष भइसक्यो तर उनलाई त्यो चोटले अझै पनि झस्काइ रहन्छ । 

  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १२:२९:५८,   अन्तिम अपडेट : भदौ १९, २०७८ शनिबार १२:५३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया