कैलालीकाे मनहरा नदीमा बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला
प्रतिकात्मक तस्वीर

कैलालीमा शुक्रबार बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला परेका छन् ।

गाेदावरी नगरपालिका-१ मा पर्ने मनहरा नदीमा शुक्रबार दिउँसाे नुहाउने क्रममा बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला परेका हुन् ।

गोदावरी-१ का १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय आयुग थापा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

बेपत्ता भएका दुई बालकको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले शुक्रबार राति करिब ११ बजेतिर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १३:८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया