कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किदा तीन जनाको मृत्यु

कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा घाइते भएका ४ जनाको उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ । 
जिल्लाको गौरीगंगा नगरपालिका–४ राजिपुरमा पुर्व तर्फ गइरहेको म १ ज ३१९ नम्बरको विङ्गर र पुर्व बाट पश्चिम तर्फ आईरहेको से १ ह २५१० नम्बरको अटो आपसमा ठोक्किएको थिए ।
शुक्रबार साँझ भएको दुर्घटनामा अटोमा सवार ७ जना घाइते भएका थिए । घाइते मध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा अटोमा सवार घोडाघोडी नगरपालिका– ९ का २४ बर्षीय युवराज चौधरी, सोही ठाउँका २६ बर्षीय भिगम चौधरी र १९ बर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा घोडाघोडी नगरपालिका–९ कै २४ बर्षीय दिपेन्द्र चौधरी, सोही ठाउँका अटो चालक २२ बर्षीय सुरेश चौधरी, २० बर्षीय अशान्त चौधरी र ३० बर्षीय हरी चौधरी रहेका छन ।
घाइते चारै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले विङ्गर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ बर्षीय धनु रावललाई नियन्त्रणमा लिएको र चालक भने फरार रहेको जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १५:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया