चुरे अभियानकर्मीसँगको सम्झौता कार्यान्वयन भएन्, फेरि अनशनमा बस्ने चेतावनी

प्रदेश सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाई गरिएको भन्दै चुरे अभियानकर्मीहरुले फेरि अनसनमा बस्ने चेतावनी दिएका छन् । 

अनसनकारीका तर्फबाट राखिएको ५ बुँदे मागका सम्बन्धमा छानबिन गर्न प्रदेश सरकारले सहमति भएको मितिबाट ७ दिन भित्र प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपसचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । 

तर, निर्णय कार्यान्वयन गर्न प्रदेश सरकारले ढिलाई गरेकोले आफूहरु फेरि अनसनमा बस्ने चुरे तथा वनजंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादवले चेतावनी दिएका छन् ।
 
चुरे संरक्षणसहितको ५ बुँदे माग राख्दै जनकपुरधामको जनक चोकमा ९ दिनसम्म गरेको आमरण अनसन पश्चात प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले ७ बुँदे लिखित सहमति गरेपछि अनसन तोडिएको थियो । 

मन्त्री यादवले आमरण अनसनमा बसेका चुरे तथा वनजंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादव तथा केन्द्रीय सह–संयोजक रानी राय भूमिहारलाई जुस खुवाएर अनसन तोडाएका थिए । 

सहमति पत्रमा मन्त्री यादव तथा अनसनकारीहरूको तर्फबाट चुरे तथा वनजंगल संरक्षण अभियानका सल्लाहकार सरोज रायले हस्ताक्षर समेत गरेका थिए । 

चुरे अभियानीहरु साउन २८ गतेदेखि भदौ ४ गतेसम्म सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै जनकपुरधामको जनकचोकमा आमरण अनसनमा बसेका थिए । ती माग अझै सम्बाेधन भएका छैनन्। 





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १६:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया