पारालम्पिक खेलाडी पलेशा जापानमा सम्मानित

टोकियो पारालिम्पिक–२०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धन जापानमा नगदसहित सम्मानित भएकी छन् ।

एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेशालाई २ लाख ५० हजार नगदसहित सम्मान गरिएको नेपाली पारालम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले बताए।

सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, व्यवस्थापक विष्टलाई ४० हजार र पारा तेक्वान्दो समितिलाई ५० हजार नगदसहित सम्मान गरिएको थियो ।

कान्तो समिति, विभिन्न संघ संस्था, तेक्वान्दोका पूर्व खेलाडीलगायतले संयुक्त रुपमा पारा तेक्वान्दोकर्मीहरुलाई सम्मान गरेको बताइएको छ ।





  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार २१:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया