मैले माधव नेपालको नयाँ पार्टीको मस्यौदा बनाएको होइन, उनलाई उक्साएको होइनः भीम रावल

नेकपा एमाले नेता भीम रावलले आफूले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीको कुनै मस्यौदा नबनाएको बताएका छन् ।

उनले आफूले माधवकुमार नेपाल तथा कुनै नेतालाई पनि नउस्काएको बताएका छन् ।

उनले आफूले उचालेको भनेर बाहिर प्रचार गरिएको भन्दै माधव नेपाललाई आफूले फेरि एमालेमा बोलाउन चाहेको बताएका छन् ।

‘मैले उस्काएको भनेर गलत प्रचार गरिँदैछ,’ रावलले भने, ‘ल मैले उस्काएर मानेको हो भने मैले पछाडि फर्किनुस् भनेर पनि मान्नु पर्यो नि ।’

उनले कम्युनिस्ट आन्दोलनका लागि नेपालले गठन गरेको नयाँ दल आवश्यक नभएको र यो प्रक्रियाले कम्युनिस्ट आन्दोलनलाई थप कमजोर बनाउने पनि बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया