नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशहरुका इन्चार्ज तोकेको छ । यो पार्टीले सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशमा इन्चार्जहरु तोकेको हो ।
माधवकुमार नेपाल नेतृत्वको पार्टीका प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत भएका छन् । प्रदेश २ मा धर्मनाथ साहलाई प्रदेश इन्चार्ज बनाएको पार्टीले बागमतीमा केदार न्यौपाने र गण्डकीमा केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्ज बनाएको छ ।
त्यस्तै, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज तोकेको छ ।
पार्टीको अन्तरपार्टी निर्देशनमा उपत्यका विशेष इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङलाई जिम्मेवारी दिइएको छ ।
नेकपा एमालेबाट छुट्टिएर बनेको यो पार्टीले ९ भदौमा निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।