विश्वकप युरोपियन छनोट अन्तर्गत शनिबारराति भएको खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । उसले घरेलु टोली युक्रेनसँग १–१ को बराबरी खेल्यो ।
युक्रेनका लागि माइकोला शापरेन्को तथा फ्रान्सका लागि एन्थोनी मार्सियालले गोल गरे ।
खेलको ४४ औं मिनेटमा शापरेन्काले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा मार्सियालले फ्रान्सका लागि बराबरी गोल फर्काए ।
त्यसपछि कुनै पनि गोल हुन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
यो नतिजासँगै फ्रान्स ५ खेलबाट ९ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा रहँदा समान खेलबाट ५ अंक जोडेको युक्रेन तेस्रो स्थानमा छ ।
छनोट अन्तर्गत शनिबार नै भएका अन्य खेलमा फिनल्यान्डले काजकस्तानमाथि १–०, नर्वेले लाट्भियामाथि २–०, सर्बियाले लक्जेमवर्गमाथि ४–१ तथा स्लोभानियाले माल्टामाथि १–० को जित निकाल्दा आयरल्यान्ड र अजरबैजानले १–१ को बराबरी खेले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।