श्रीलंकाका तीव्र गतिका बलर धमिका प्रसादले भैरहवा ग्ल्याडियटर्स चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् ।
भैरहवाले शनिबार प्रसादलाई अनुबन्ध गरेको जानकारी दिएको हो । प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ एकदिबसीय, १ मात्र टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
टेस्टमा ७५ विकेट हात पार्दै ४७६ रन बनाएका प्रसादले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२ विकेट लिँदै १२८ रन प्रहार गरेका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा भने विकेट र रन विहीन बने ।
खेल आगामी असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा विराटनगर वारियर्स, ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडियटर्स, किंग्स ११ काठमाडौँ, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।