काबुलमा महिलाको प्रदर्शनमा तालिबानको हस्तक्षेप

काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिबानले हस्तक्षेप गरेका छन् । अफगानिस्तानमाथि तालिबानको कब्जापछि त्यहाँको अवस्थालाई लिएर विभिन्न आशंका भइरहेका बेला महिलाको प्रदर्शनमाथि उनीहरुले हस्तक्षेप गरेका हुन् ।

तालिबानले आफ्नो शासन यसअघिको भन्दा फरक हुने बताइरहेको भएपनि पछिल्ला घटनाक्रमले शंका उत्पन्न गराएको छ । महिलाहरुले अफगानिस्तानमा महिलालाई शिक्षा र रोजगारको अधिकारका लागि प्रदर्शन गरिरहेका बेला तालिबानले रोकेका हुन् ।

महिला समूह प्रदर्शन गर्दै राष्ट्रपति भवनसम्म पुग्ने कोशिस गरिरहेका बेला तालिबानले अश्रुग्याँस र खुर्सानीको धुलोले हमला गरेको प्रदर्शनकारी महिलाले उल्लेख गरेका छन् ।

तालिबानले भने प्रदर्शन अनियन्त्रित भएका कारण रोक्नुपरेको जनाएको छ । अफगानिस्तानमा तालिबानको कब्जापछि महिलाले यसरी खुलेर प्रदर्शन गरेको यो पहिलो घटना हो ।

सन् १९९६ देखि २००१ सम्म रहेको तालिबान सरकारको समयमा महिलाहरुमाथि भएको व्यवहारका कारण फेरि पनि उनीहरुले प्रतिबन्ध र अत्याचारको सामना गर्नुपर्ने हुनसक्ने आशंका छ । तालिबानको शासनका क्रममा महिलाहरुलाई सानो अपराधका लागि पनि कठोर सजाय दिइन्थ्यो ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १०:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया