मकवानपुरमा कांग्रेसलाई वडा पदाधिकारी र बुथ प्रतिनिधि छान्नै सकस

नेपाली कांग्रेसको मकवानपुर जिल्लामा आज हुने वडा अधिवेशनमा वडा पदाधिकारी र बुथ प्रतिनिधि छनौटमा उम्मेदवारहरूलाई सकस पर्ने देखिएको छ । जिल्लामा धेरै नयाँ क्रियाशील सदस्य भएकोले उम्मेदवारहरूलाई समस्या परेको हो । नेपाली कांग्रेसको भदौ १८ गतेदेखि सुरु भएको १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज मकवानपुरमा हुँदै छ । 

आफ्नो दाबी प्रस्तुत गर्ने कांग्रेसका विशेषगरी पुराना नेताहरुलाई नयाँ क्रियाशील सदस्यमा युवा धेरै भएका कारण समस्या परेको देखिन्छ ।  मकवानपुरमा ५३ सय जना नयाँ क्रियाशील सदस्य नेपाली कांग्रेसले थप गरेको छ । 

कांग्रेस केन्द्रले यसअघि ५३ सय नयाँ क्रियाशील सदस्य र ४३ सय ५० जना नवीकरण गर्नेको सूची सार्वजनिक गरिसकेको छ । मकवानपुरमा अब साढे ९ हजार क्रियाशील सदस्य भएको कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । 

महाधिवेशनले मकवानपुर  जिल्लामा आज १७ सय २ जना प्रतिनिधि चयन गर्ने छ । वडा अधिवेशनले सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचित सदस्यमध्ये कोषाध्यक्ष एक हुने प्रवक्ता कोइरालाले बताए । 

नगरका वडामा २५ सदस्य, गाउँपालिकाका वडामा १५ सदस्य निर्वाचित र त्यसमा २० प्रतिशत सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ । यो निर्वाचनमा कांग्रेसका युवा उम्मेदवारहरू मैदानमा आएका छन् । 

कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यस अघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।  करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् ।  
 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार ११:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया