प्रदेश १ मा सरकारले विश्वासको मत पाउने एमाले महासचिबको दाबी

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश १ सरकारलाई विश्वासको मत प्राप्त हुने दाबी गरेका छन् । उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बाहिर देखिएजस्तो सरकार ढलिहाल्ने अवस्था नरहेको बताए ।

‘अहिले जस्तो देखिन्छ, त्यस्तो नहुन सक्छ,’ महासचिव पोखरेलले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ, त्यो बेलासम्म साथीहरु कसरी कसरी प्रस्तुत हुनुहुन्छ, हेर्दै जाउँ न ।’

एमसिसीको पारित हुने–नहुने विषय सभामुखको प्रस्तुतिमा भर पर्ने उनको भनाइ छ । एउटा प्रक्रिया अन्तर्गत एमसिसीको प्रस्ताव संसद्मा रहेको भन्दै उनले संसद्मा सभामुखले त्यो प्रस्ताव कसरी प्रस्तुत गर्छन् त्यसकै आधारमा एमालेले दृष्टिकोण बनाउने बताए ।

नेकपा एमाले मोरङले विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न विराटनगर आएका महासचिव पोखरेलले पार्टीको केन्द्रीय कार्ययोजना अनुसार अगुवा कार्यकर्ताहरूको भेलाको आयोजना गरिएको जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १५:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया