विश्वकप छनोटमा आज अर्जेन्टिना र ब्राजिल भिड्दै

विश्वकप फुटबल छनोट अन्तर्गत आज अर्जेन्टिना र ब्राजिल भिड्दै छन् । दक्षिण अमेरिकी दुवै टोली एकअर्काको निम्ति सधै कडा प्रतिस्पर्धिको रुपमा चिनिँदै आएका छन् । दुवै टोली खेललाई कुनै पनि क्षण आफ्नो पक्षमा पार्नसक्ने क्षमता राख्छन् । यसकारण यी दुई टोलीबीच आज हुने खेलमा विश्व फुटबल फ्यानको नजर रहेको छ। 

केही साता अघि कोपा अमेरिका कपको फाइनलमा भिडेका यी दुई त्यसपछि आज पहिलो पटक मैदानमा आमनेसामने हुँदैछन् । कोप अमेरिका कपको फाइनलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको थियो । त्यसको बदला लिने मौका आज ब्राजिलले पाएको छ । 

हालसम्म विश्वकप फुटबल छनोट अन्तर्गतका खेलहरूमा २१ अंक बटुली ब्राजिल शिर्ष स्थानमा छ भने अर्जेन्टिना १५ अंक सहित दोस्रो स्थानमा । गत विहिबार भएको खेलमा अअर्जेन्टिनाले​ भेनेजुयलालाई ३–१ ले हराएको थियो । 

आज हुने  ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा फुटबलका दुई स्टार लियोनेल मेस्सी र नेयमार पनि हुनेछन् । हाल  पेरिस सेन्ट जर्मनबाट (पिएसजी) बाट एक साथ व्यवसायीक फुटबल खेलिरहेका यी दुई फुटबल स्टारको यो २ महिना पछिको भिडन्त हेर्न लायक हुनेछ । 

यसअघि अर्जेन्टिना र ब्राजिलको भेट ११२ खेलमा भएको छ । जसमा ब्राजिलले ४६ पटक जित हात पारेको छ भने अर्जेन्टीनाले ४१ वटा खेलमा । त्यस्तै २५ खेल भने बराबरीमा सकिएको छ । यी दुई टोलीको पहिलो भेट सन् १९१४ मा भएको हो । पहिलो खेलमा अर्जेन्टिनाले ब्राजिललाई ३–० ले पराजित गरेको थियो । त्यस्तै यी दुई टोलीको अन्तिम भेटमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको थियो । 

 
 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १७:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया