बझाङ केदारस्युँका अध्यक्ष र उपाध्यक्षसहित १९ जना एकीकृत समाजवादीमा

बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित १९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । उनीहरुले आइतबार सदरमुकाम चैनपुरमा मोटरसाइकल र्यालीसहित बजार परिक्रम गरी जिल्ला निर्वाचन कार्यालय बझाङमा सनाखत गरेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेशबहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्रबहादुर विक, वडा नम्बर ३ का वडा अध्यक्ष वीरबहादुर खाती, वडा नम्बर ५ का अध्यक्ष काशिराम धामी, वडा सदस्य ज्ञाना जेठारा, कमला कुमारी भण्डारी, नन्दादेवी सिंह, जुनादेवी ओखेडा, तुलसीदेवी विष्ट, मिजुरादेवी ओखेडा, बाटुलीदेवी ओड, विमलाकुमारी शर्मा, कल्यान धामी, धनबहादुर विष्ट, धन्नाम रावल, लालबहादुर कामी र कार्यपालिका सदस्य कटकबहादुर दमाई गरी १९ जना जनप्रतिनिधिले नागरिकताको प्रतिलिपि र निर्वाचित प्रमाणपत्र निर्वाचन कार्यालयमा पेस गरेर सनाखत गरे ।

जनप्रतिनिधिसँगै सनाखत गर्न निर्वाचन कार्यालय पुगेका नेकपा एमालेका तत्कालीन अध्यक्ष दिलबहादुर सिंहले अब जिल्लाको नम्बर १ पार्टी नै नेकपा समाजवादी नै हुने दाबी गरे । सनाखत गर्न निर्वाचन कार्यालय पुगेका केदारस्युँ गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा वलीले गरेका हरेक ज्यादतीका विरुद्ध समाजवादी पार्टी रोजेको बताए । 

भाद्र २२ गतेसम्म धेरै जनप्रतिनिधि नेकपा समाजवादीमा सनाखत गर्न आउने उनको दाबी थियो । निर्वाचन आयोगले भाद्र २२ गतेसम्म जनप्रतिनिधिलाई पार्टी रोज्न समयसीमा तोकेको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २२:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया