प्रदेश २ मा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा थप एकजना प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । पूर्वमन्त्री जितेन्द्र सोनलले सोमबार प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।
सोनल लोसपामा सनाखत गरेसँगै प्रदेशमा लोसपाको पक्षमा सनाखत गर्नेको संख्या १६ पुगेको छ । पार्टी विभाजनअघि जसपासँग ५५ जना सांसद थिए । तीमध्ये १६ जनाले लोसपामा सनाखत गरेका छन् भने बाँकी जसपामै रहेका छन् ।
जसपा छाडेर लोसपामा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, वविता चौधरी, निलमदेवी भूमिहारिन, अल्का झा, गौरीनारायण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, डा. डिम्पल झा, प्रह्लाद गिरी, रानी शर्मा तिवारी, उपेन्द्र महतो, अभिराम शर्मा र जितेन्द्र सोनल रहेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्ने समय दिएपछि अब लोसपाको पक्षमा सनाखत गर्ने सांसद कोही पनि हुने छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।