सरकार विस्तार गर्दा सरकार नै ढल्छ भन्ने डर छः सुवास नेम्वाङ

नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको व्यापक आलोचना गरेका छन् ।

उनले परमादेशबाट बनेको सरकार भएकाले अहिलेसम्म केही हुन नसकेको बताएका हुन् । 

नेम्वाङले यो सरकार बनेको ५० दिन भइसक्दा पनि पाँच जना मन्त्रीले मात्र यो सरकार चलाएको देख्दा यो सरकारले केही गर्दैन भनेका छन् ।

‘सरकार विस्तार गर्दा सरकार नै ढल्छ भन्ने छ,’ सुवास नेम्वाङले भने, ‘त्यसैले यो सरकार विस्तार हुनै सकेको छैन ।’

यसअघि सरकारले संसदमा पनि कुनै काम गर्न नसकेको बताएका छन् । 

उनले यसअघि संसद बैठकमा कुनै बिजनेस नभएको र संसद अधिवेशन अन्त्य भएको बताएका छन् ।



सर्वोच्च अदालतको परमादेशबाट सरकार बनेकाले यो जनताको सरकार नभएको पनि उनले बताएका छन् ।



  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १६:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया