राष्ट्रिय जनगणना कात्तिक २५ बाट मंसिर ९ सम्म

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको छ । यससँगै १२औँ राष्ट्रिय जनगणना आगामी मंसिर ९ गतेभित्र सम्पन्न हुने भएको छ । 

कात्तिक २५ गतेबाट देशभरि एकसाथ राष्ट्रिय जनगणना सुरु हुने र मंसिर ९ गतेभित्र सम्पन्न हुने  तथ्यांक विभागको कार्यतालिका छ । विभागले यसअघि छनोट गरिएका ८ हजार सुपरीवेक्षकलाई पुनः नियुक्त गर्ने भएको छ । 

जनगणना कार्यमा खटाउन यसअघि नै अनलाइनमार्फत आवेदन दिएका सुपरीवेक्षक र गणकलाई भदौ २७ र २८ गते केन्द्रीय स्तरमा तालिम दिइने भएको छ । तालिमपछि सुपरीवेक्षकलाई २० दिनसम्म घरपरिवार सूचीकरणमा खटाइनेछ ।





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १९:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया