टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने

नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझ गुणस्तरीय बनाउने बताएका हुन् । 

प्रबन्ध निर्देशक अधिकारीले ५ जी सेवालाई परीक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने र देशभर फाइबर बिच्छ्याउने कामलाई तीव्रता दिने बताए । आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने पनि उनले स्पष्ट पारे । 

टेलिकमले कल ट्यापिङ गर्ने भनेर चलेको हल्लाको पछि नलाग्न प्रबन्ध निर्देशक अधिकारीले सबैमा आग्रह गरे । टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले भने, ‘कल ट्यापिङ गर्ने एलआई भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दूरसञ्चार प्राधिकरणको अनुमति चाहिन्छ । हामी दूरसञ्चार सेवा प्रदायकले एलआई इक्विपमेन्ट किन्न पाउँदैनौँ ।’

टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पुर्याउने दायित्वका साथ काम गरिरहेको उनले बताए । 





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १९:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया