तालिबानले सरकार घोषणा कार्यक्रममा चीनलाई निम्तो दिएको समाचार बाहिर आए पनि चीनले यसबारे कुनै जवाफ दिएको छैन ।
केही मिडिया रिपोर्टअनुसार तालिबानले नयाँ सरकार गठन कार्यक्रममा चीन, पाकिस्तान, रुस, टर्की, इरान र कतारलाई सहभागिताका लागि निमन्त्रणा दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले यसबारेमा सोधेको प्रश्नको जवाफ दिँदै भने, ‘अहिले मसँग तपाईंहरुलाई जानकारी दिनका लागि केही पनि छैन ।’
वेंगबनिले चीनले अफगानिस्तानमा समावेशी र उदार मूल्य भएको सरकारको समर्थन गर्ने बताएका छन् । अफगानिस्तानमाथि कब्जा गरेको केही समयपछि नै तालिबानले चीनसँग मित्रताको इच्छा देखाएको थियो ।
तालिबानले १५ अगस्टमा अफगानिस्तानमाथि कब्जा जमाएपनि अझै सरकार गठन गर्न सकेको छैन । चीन, पाकिस्तान र रुसको दूतावास काबुलमा अझै सक्रिय छैन ।
यी देशले पन्जशीरमा भइरहेको संघर्षलाई समेत नियालिरहेका छन् । पन्जशीरमा तालिबान र विरोधी समूहबीचको संघर्षमा अस्थिरता र गृहयुद्धको आशंका गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।