एमसिसीका विषयमा भएका विरोधप्रति अमेरिकाले भन्यो– तथ्यका आधारमा एमसिसीबारे हुने वहसको हामी समर्थक हौं

नेपाल सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विरोध नगर्न नेपाल सरकारले आग्रह गरिरहँदा अमेरिकाले भने तथ्यका आधारमा हुने वहसको समर्थन गर्ने बताएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक वहसको अमेरिकाले समर्थन गर्ने जनाएको हो । 

‘एमसिसी लगायतका विषयमा तथ्यका आधारमा हुने स्वतन्त्र तथा सार्वजनिक वहसको हामी समर्थन गर्दछौ,’ अमेरिकी दूतावासले ट्वीटरमा लेखेको छ, ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आधारभूत विषय हो ।’ 

अमेरिका दशकौंदेखि नेपाल र नेपाली जनताको साझेदार रहेको दूतावासले स्मरण गरेको छ । नेपालको दीर्घकालिन विकासलाई अगामी दिनमा पनि सहयोग जारी रहने दूतावासले जनाएको छ । 


 





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार ११:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया