कोरोनाले छेकेन चीनको आयात–निर्यात वृद्धि, अमेरिकासँग झनै बढ्यो

कोरोना भाइरसको खतरनाक डेल्टा भेरिएन्टले त्रसित पारिरहँदा पनि चीनको आयात–निर्यात तीव्र गतिमा बढेको छ । सीमा शुल्क विभागको आँकडा अनुसार, अगस्ट महिनामा चीनको निर्यात गत वर्षको तुलनामा २५.६ प्रतिशत बढेर २९४.३ अर्ब डलर पुगेको छ ।

जुलाईको तुलनामा पनि निर्यातमा १८.९ प्रतिशत वृद्धि भएको छ । निर्यात मात्र होइन, आयात पनि ३३.१ प्रतिशत बढेर २३६ अर्ब डलर पुगेको छ । जुलाईको तुलनामा यो २८.७ प्रतिशत वृद्धि भएको हो ।

चीनको व्यापार अमेरिकालगायतका अन्य कतिपय मुलुकले केही वस्तुहरुमा प्रतिबन्ध लगाउँदा पनि बढेको छ । महामारी फैलिरहँदा मानिसहरुको उपभोगको धारणामा परिवर्तन आइरहेको छ । त्यो धारणाबारे चीनले राम्ररी बुझ्न सकेकाले नै व्यापारिक सफलता मिलेको बताइन्छ । भारत र अमेरिकाका कतिपय मानिसले लुकेर वा अन्य माध्यम प्रयोग गरेर चिनियाँ एपहरु प्रयोग गरिरेहेका छन् ।

क्यापिटल इकोनोमिक्सकी सिना युले एक रिपोर्टमा भनेकी छन्, ‘आयात र निर्यात गत महिना गरिएको अनुमानभन्दा कयौं गुना बढेको छ । यसको कारण मजबुत माग नै हो । तर, आपूर्तिमा केही समस्या रहेको आँकडाहरुले देखाएका छन् ।’

अगस्ट महिनामा अमेरिकामा चिनियाँ निर्यात गत वर्षको तुलनामा १५.५ प्रतिशत वृद्धि भएर ५१.७ अर्ब डलर पुगेको छ । जुलाईको तुलनामा निर्यातमा १३.४ प्रतिशत वृद्धि भएको छ । यसैबीच अमेरिकाबाट चीनले गर्ने आयातमा ३३.३ प्रतिशत वृद्धि भएर १४ अर्ब डलर पुगेको छ । जुलाई महिनाको तुलनामा यसमा २५.५ प्रतिशत वृद्धि भएको हो ।





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १५:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया