एमसिसीको विरोधमा जनकपुरधाममा प्रदर्शन

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । नेकपा क्रान्तिकारी माओवादीले एमसिसीको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको हो । 

सार्वभौमसम्पन्न देश नेपाललाई आफ्नो स्वार्थपूर्तिका लागि संसदीय दलका नेताले मुलुकलाई आधुनिक दास बनाउन चाहेको आरोप लगाउँदै क्रान्तिकारी माओवादी धनुषाले विरोध जनाएको छ । 

क्रान्तिकारी माओवादी धनुषा–महोत्तरीका इन्चार्ज वीरेन्द्र यादवको अगुवाइमा नगर परिक्रमा गर्दै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसमेत रहेका इन्चार्ज वीरेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार एमसिसी परियोजना संसदबाट पारित गरी नयाँ कानुन बनाएर जनतालाई सधैँका लागि विदेशीको गुलाम बनाउन उद्यत रहेको आरोप लगाए । 

नेकपाका केन्द्रीय सदस्य विपति मण्डलले स्वतन्त्र मुलुकको रुपमा रहेको नेपाललाई बन्धक बनाएर जनतालाई गुलाम नबनाउन सरकारसँग आग्रह गरे । उनले एमसिसी पारित भएपछि केही नेता र मन्त्री मालामाल हुने दाबी समेत गरे । 

नेताहरुको निहित स्वार्थका लागि सो परियोजना पारित गर्न लागेकोप्रति उनले आक्रोश व्यक्त गरे । स्थानीय गोपाल धर्मशालाबाट निकालिएको जुलुस नगर परिक्रमा गर्दै जनकचोकमा पुगी विरोध जनाएको थियो ।





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १६:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया