जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायव सुब्बा उमेश कुमार चौधरी रहेका छन् ।
चौधरीलाई जनकपुरधामको क्याम्पस चोकबाट ८ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।
उनले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन घुस लिएका थिए ।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान सुरु गरिने अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।