भियतनाममा कोरोना फैलाएको आरोपमा एक युवालाई पाँच वर्ष जेल!

भियतनाममा एक युवालाई कोरोनभाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि लगाइएका नियम पालना नगरेको र कोरोनाभाइरस फैलाएको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

भियतनाको एक अदालतले वान ट्री नामका यी युवालाई आठ अन्य व्यक्तिमा कोरोनभाइरस सारेको भन्दै यो सजाय सुनाएको हो । यी आठ जना मध्ये एक जनाको निधन कोरोनाकै कारण भएको थियो ।

भियतनामले कोरोनाभाइरसको पहिलो लहरमा महामारीलाई नियन्त्रणमा लिन ठूलो सफलता पाएको थियो । तर, दोस्रो लहरमा भियतनाममा कोरोनाको ठूलो प्रभाव देखियो ।

यस वर्ष जुनमा डेल्टा भेरियन्ट आएपछि भियतनाममा कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ ।

भियतनाममा अहिलेसम्म ५ लाख ३० हजार मानिसलाई कोरोना संक्रमण भएको छ । १३ हजारले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।

जेल सजाय पाएका २८ वर्षे युवा वान चाहिँ जुलाई महिनामा मोटरसाइकलमा हो ची मिन्ह सहरबाट आफ्नो गृहप्रान्त माऊ पुगेका थिए । तर, त्यहाँ उनले आइसोलेसनको नियम नमानेको मात्र होइन, अधिकारीहरुलाई आफू हो ची मिन्हबाट आएको पनि जानकारी दिएका थिएनन् । 



त्यहाँ त्यति बेला २१ दिन आइसोलेसनमा बस्नु पर्ने स्थानीय प्रशासनले नियम लगाएको थियो । पछि उनलाई कोरोना संक्रमण भएको पुष्टि मात्र भएन, उनको सम्पर्कमा आएका अन्य आठ जनामा पनि कोरोना संक्रमण देखियो ।

उनलाई यही कारण दोषी भन्दै त्यहाँको अदालतले पाँच वर्षको जेल सजाय र ८ सय ८० अमेरिकी डलर जरिवाना सुनाएको हो ।



  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार ०:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया